Section 11
पुनरावेदन गर्ने
(१) पुनरावेदकले जुन निकाय वा अधिकारीको निर्णय वा अन्तिम आदेश उपर पुनरावेदन गर्ने हो सो निकाय वा अधिकारी मार्फत्‌ वा सोझै अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदकले कुनै निकाय मार्फत्‌ पुनरावेदन “गरेकोमा सो निकायले त्यस्तो पुनरावेदन र सो पुनरावेदनसँग सम्बन्धित मिसिल सात दिनभित्र सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको पुनरावेदन जाँचबुझ गर्दा रीत पुगेको तथा स्पष्ट आधार र पर्याप्त प्रमाण रहेको देखिएमा अदालतको रजिष्ट्रारले त्यस्तो पुनरावेदन दर्ता गर्न सक्नेछ । रीत नपुगेको, स्पष्ट आधार र पर्याप्त प्रमाण नभएको वा म्याद नाघेको देखिएमा सोही व्यहोरा खुलाई दरपीठ गर्नु पर्नेछ ।
(४) पुनरावेदन गर्दा रीत पुच्याउनु पर्ने कुरा, पुनरावेदन बापत लाग्ने दस्तुर तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरुवा सम्बन्धमा अदालतमा पुनरावेदन गर्ने कर्मचारीले अदालतबाट अन्तिम फैसला नहुँदासम्म प्रचलित कानून बमोजिमको म्यादभित्र-सरुवा भएको कार्यालयमा हाजिर भई नियमित रुपमा कामकाज गर्नु पर्नेछ ।